२१ मंसिर २०८२ आइतबार
image/svg+xml
समाज

बर्दिया घटनाबारे गृह मन्त्रालयको चासो : सत्यतथ्य छानबिन गर्न छानबिन समिति गठन

गृह मन्त्रालयले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।  

गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो। 

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्न आदेश दिइएको छ।

यसै घटनाको सत्यतथ्य बुझ्न प्रधानमन्त्री सुशीला कार्कीले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएकी थिइन्।

प्रकाशित: २१ मंसिर २०८२ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App