गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाउँदै निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गुरुङले पुल निर्माणमा भइरहेको ढिलाइबारे स्थानीयको गुनासो सुनेका थिए।
स्थानीयको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले सडक विभागका कर्मचारीहरूलाई रोकिएको निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका हुन्।
उनले निर्माणमा देखिएका समस्या समाधानका लागि सरकारसँग आवश्यक समन्वय गरी थप पहल गर्नसमेत निर्देशन दिएका छन्।
प्रकाशित: १४ कार्तिक २०८३ ११:१३ शनिबार





