२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

बागलुङमा ‘हाइमास्ट’ प्रविधिको सडक बत्ती जडान

बागलुङ बजार

बागलुङमा पहिलोपटक बागलुङ बजारमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको छ।  

बागलुङ बजारका मुख्य चोक, पर्यटकीयस्थल, बसपार्क तथा अस्पताल क्षेत्रमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको हो। बागलुङ नगरपालिका र नेपाल विद्युत् प्राविधिकरणको साझेदारी बजेटमा उक्त सडक बत्ती जडान गरिएको हो।  

उज्यालो बागलुङ कार्यक्रमअन्तर्गत पहिलो चरणमा बागलुङ बजारको मुख्य १० स्थानमा हाइमास्ट प्रविधिको बत्ती जडान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। नगरप्रमुख श्रेठका अनुसार क्रमश नगरलाई नै उज्यालो बनाउने अभियानले निरन्तरता दिने उनको भनाइ छ।  

नगरपालिकाले उज्यालो बागलुङ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा सडकमा बत्ती जडान गरिएको हो। नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणका ३५ प्रतिशत लागत साझेदारीमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको इन्जिनियर सोविन घर्तीले जानकारी दिए। कूल रु ३६ लाख ८२ हजार लागतमा पहिलो चरणमा १० वटा मिटरसहितका सडक बत्ती जडान गरिएको हो।  

राजमार्ग, पहुँच सडक, वडा सिमाना सडक, रणनीतिक महत्व र व्यावसायिक चहलपहल बढी हुने क्षेत्र, मन्दिर बसपार्क र अस्पतालमा सडकमा बत्ती जडान गरिएको हो। यात्रु, बजारमा सामान खरिद गर्ने ग्राहक, विद्यार्थी, आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षा र सहजताको लागि उज्यालो बागलुङ अभियानअन्तर्गत बत्ती जडान गरिएको हो। बागलुङ जिल्लाकै प्रवेशद्वार मालढुङ्गा, कालिका भवगती मन्दिर प्रवेशद्वार, धौलागिरि अस्पताल, ट्राफिक चोक, चिप्लेटी बसपार्क, जिल्ला प्रशासन, बाघ चोक, अस्पताल रोड, व्यारोक चोक र बागलुङ बसपार्कमा पहिलो चरणमा स्मार्ट बत्ती जडान गरिएको हो।  

अग्लो पोलमा जडान गरिने शक्तिशाली बत्तीले बजारलाई झलमल बनाउन सहज बनाउने इन्जिनियर घर्तीले जानकारी दिए। मुख्यतया सहरका चोक, ठूला सडक, रङ्गशाला र खुला क्षेत्रहरूमा हामास्ट प्रविधियुक्त सड बत्ती प्रयोग गर्न थालिएको छ। ठूलो क्षेत्रफलमा उज्यालो प्रदान गर्दै सहरलाई आधुनिक तथा सुरक्षित बनाउन सहयोग गर्ने भएकाले बत्ती जनालाई निरन्तरता दिने नगर प्रमुख श्रेष्ठको भनाइ छ। रासस

प्रकाशित: २४ चैत्र २०८२ ०८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App