२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

शीतल निवास वरपर मेघ गर्जनसहित ठुलो वर्षा

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह सुरु हुनुअघि राष्ट्रपति कार्यालय शीतल निवास वरपर मेघ गर्जनसहित ठुलो वर्षा भइरहेको छ।

प्रतिकूल मौसमका बीच प्रधानमन्त्री बालेन्द्र शाहले सिफारिस गरेका दुई नयाँ मन्त्रीहरूले केही बेरमा पद तथा गोपनीयताको शपथ लिँदै छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनलाई शपथ गराउने कार्यक्रम तय भएको छ। शपथ ग्रहणका लागि प्रधानमन्त्री बालेन, सभामुख, विभिन्न राजनीतिक दलका नेता र उच्च अधिकारीहरू शीतल निवास पुग्ने क्रम जारी छ।

दिउँसो ४ः३० बजेका लागि तय भएको समारोह सुरु हुनै लाग्दा काठमाडौं उपत्यकामा अचानक मौसम बदली भई हावाहुरी र चट्याङसहित वर्षा सुरु भएको हो।

प्रधानमन्त्री बालेनले गृह मन्त्रालयमा पुनः सुधन गुरुङलाई फर्काएका छन् भने स्वतन्त्र सांसद महावीर पुनलाई पहिलो पटक गठन गरिएको नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन्।

गुरुङ यसअघि पनि वर्तमान सरकारमै गृहमन्त्री थिए भने पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री भइसकेका व्यक्ति हुन्।

प्रकाशित: २६ जेष्ठ २०८३ १६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App