२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा : काठमाडौंमा पनि पर्ला ?

मौसम बदली भएसँगै बिहीबार दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ।

यस्तै गोरखामा ८० मिलिमिटर र चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ। मापनका हिसाबले तीनवटै ठाउँमा भारी वर्षा हो। उदयपुरको कटारी र गोरखाको बारपाकमा बढी वर्षा भएको छ। चौबीस घण्टामा ५० मिलिमिटर माथिको वर्षालाई भारी वर्षामा गणना गरिन्छ।  

अन्य क्षेत्रमा पनि पानी परिरहेको विभागले जनाएको छ। विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया, कास्कीलगायत जिल्लामा पनि वर्षा भएको छ।

यो वर्षापछि प्रदूषण केही कम हुने अनुमान गरिएको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सन्जिव अधिकारीले अहिले साँझ काठमाडौं उपत्यकामा पनि पानी पर्ने नागरिकलाई जानकारी दिए। 'यो पानीले प्रदुषण केही कम गर्नेछ,' उनले भने ।

प्रकाशित: २८ फाल्गुन २०८२ १८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App