तपाईँले काठमाडौँमा यात्रा गर्दा नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र जस्ता महत्त्वपूर्ण कागजात हराउनुभएको छ? यदि हराउनुभएको छ भने एक पटक काठमाडौं प्रहरीलाई सम्पर्क गर्नुस्, किनभने तपाईँको कागजात प्रहरीले फेला पारेर सुरक्षित राखेको हुनसक्छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको खोजतलास शाखाले यस्तै हराएर भेट्टाएका हज्जारौं व्यक्तिका कागजातहरू सुरक्षित राखेको छ। शुक्रवार त्यही सूची सार्वजनिक गर्दै आफ्ना कागजात लिन सम्पर्क गर्न आह्वान नै गरेको छ।
प्रहरी परिसरले कागजात भेटिएका व्यक्तिको नामसहितको सूची गुगल सिटमा राखेर त्यसको लिंक नै आफ्नो आधिकारिक फेसबुक पेज ‘डिस्ट्रिक्ट पोलिस रेन्ज काठमाडौं’मा राखेको छ।
प्रकाशित: २७ असार २०८२ १८:४० शुक्रबार





