२५ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ।

केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ। सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण जारी छ।

काठमाडौं उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक भएको उनकाे भनाइ रहेकाे छ। प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहर पानी र वर्षाको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै उनले त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताए।

बालुवा, इँटा, मरेका जनावरलगायत फोहर प्रशोधन गर्न कठिन हुने गरेको छ । ढलको फोहर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा उक्त समस्या भएको उनको कथन छ ।

प्रकाशित: २५ श्रावण २०८३ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App