२५ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

विज्ञान मन्त्रालयको काम गर्ने ढाँचा सार्वजनिक, मन्त्री पुनले मागे सुझाव

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयको काम गर्ने ढाँचा तयार गरेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले यसै ढाँचाको आधारमा विधेयक बन्ने जानकारी दिएका हुन्।

उनले सामाजिक सञ्जालमा मन्त्रालयको संस्थागत संरचनाको ढाँचा साझा गर्दै लेखेका छन्, ‘सम्पूर्ण वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक र मन्त्रालयका शुभेच्छुकले यो तल दिइएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको काम गर्ने गराउने ढाँचा हेर्नुहोला। यसैको आधारमा विधेयक बन्दैछ। यसमा तपाईहरूको कुनै गहन, ठोस र महत्वपूर्ण सुझाव छ वा सच्याउनुपर्ने कुनै गहन त्रुटी छ भने यसैमा कमेन्ट गर्नुहोला। विधेयकको मस्यौदा विगत दुई महिनादेखि बन्दैछ।’

सार्वजनिक गरिएको यस संस्थागत संरचनामा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्, मन्त्रालय, परामर्श समिति, विज्ञान प्रविधि तथा नवप्रवर्तन प्रवर्धन केन्द्र, कोष तथा आबद्ध अन्य विभिन्न निकायहरूको स्पष्ट खाका समेटिएको छ।

प्रकाशित: २५ श्रावण २०८३ ११:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App