१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

शुभकामना आदानप्रदान गर्दै गरियो सामूहिक दीपावली

रौतहटमा सामूहिक दीपावली गरिएको छ । रौतहटको गरुडा नगरपालिका ४ स्थित दुर्गा मन्दिरमा सामूहिक दीपावली गरिएको हो ।

नवसर्जक साहित्य चौतारी नेपालका मधेस प्रदेश अध्यक्ष अभिजीत रामको नेतृत्वमा गरुडाका एक दर्जन युवाहरुले मन्दिरमा २५१ दियो बालेर सामूहिक दीपावली गरेका हुन् ।

कलात्मक विद्युतीय दीपसहित माटोका पाला, मैनबत्तीको दिपावली गरिएको थियो । सामूहिक रुपले शुभकामना आदानप्रदानसहित गरिएको दिपावलीमा स्थानीयले खुसी साटेका थिए ।

युवाहरुमा संस्कृतिको ठाउँमा विकृति आउन थालेको आरोप रहेको समयमा आफ्ना गुरुहरुको सल्लाहबमोजिम आफूले सामूहिक दीपावलीको अभियान आरम्भ गरेको बताउँदै रामले आगामी वर्षमा अझ विस्तारपूर्वक अभियानका साथ सामूहिक दीपावली गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित: २ कार्तिक २०८२ २०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App