२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

देउवाकै नेतृत्वमा कांग्रेसमा बृहत्तर एकता हुन्छ: प्रकाशशरण महत

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीभित्र बृहत्तर एकता कायम हुने दाबी गरेका छन्।

स्वदेश फर्किएका देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेता महतले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो दाबी गरेका हुन्।

देउवाको आगमनले पार्टीमा नयाँ उत्साह थपेको उल्लेख गर्दै नेता महतले विमानस्थलमा देशभरिबाट शुभचिन्तक तथा कार्यकर्ताहरू स्वतःस्फूर्त रूपमा उर्लिएको बताए।

उनले भने, ‘अहिले विमानस्थलमा नआएका नेताहरू पनि केही दिनभित्रै देउवालाई भेट्न र छलफलमा जुट्न आउनेछन्।’

उपचारपछि फर्किएका देउवालाई स्वागत गर्न विमानस्थलमा डा. शशांक कोइराला, विमलेन्द्र निधि लगायत कांग्रेस संस्थापन तथा इतर समूहका शीर्ष नेता एवं कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित: २८ श्रावण २०८३ १६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App