१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा हजुरबुवाको मृत्यु, नाति घाइते

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिगास गाउँपालिका–३ धमकट्टेका ७५ वर्षीय हरुवा साउदको मृत्यु भएको हो ।  

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना भएको हो । हरुवाका नाति २० वर्षीय महेश साउद घाइते भएका छन् ।  

दुर्घटनापछि फरार ट्याक्टरचालकको खोजी जारी छ । 

प्रकाशित: १६ कार्तिक २०८२ १६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App