२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

फड्के तर्दा खोलामा खसेकी बालिकाको मृत्यु, आमा घाइते

ताप्लेजुङमा फड्के तर्ने क्रममा आज खोलामा खसेर एक बालिकाको मृत्यु भएको छ।

फुङलिङ नगरपालिका-१० फुरुम्बूकी दुई वर्षीया निशा लिम्बुको फड्के तर्ने क्रममा खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। उनका अनुसार उनकी आमा शान्ता लिम्बु भने सामान्य घाइते भएकी छन्।

फुरुम्बूबाट माइतिघर फक्ताङलुङ गाउँपालिकाको तावा जाने क्रममा फुङलिङ र फक्ताङलुङको सीमा भएर बग्ने सिस्ने खोलाको फड्के तर्ने क्रममा आमा-छोरी खोलामा खसेका प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ३० श्रावण २०८२ १६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App