२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

माइतीघरबाट जेनजी अभियन्ता निकोलस भुसाल पक्राउ

सरकार गठनको करिब एक महिना हुँदा पनि जेनजीको मागहरू पूर्ण रूपमा पूरा नभएको भन्दै आज माइतीघरमा आन्दालेन गर्न पुगेका जेनजी अगुवा डा. निकोलस भुसालसहित तीन जना पक्राउमा परेका छन्।

नागरिक सरकारले नै जेनजीको मागलाई बेवास्ता गरेको भन्दै केही व्यक्तिहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्न उत्रिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।  

पक्राउ पर्नेहरूमा डा.निकोलस भुसाल, एसपी साह र सञ्जि दाहाल रहेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुनै पनि प्रकारको धर्ना, जुलुस र प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा प्रदर्शन गर्न पुगेपछि उनीहरू पक्राउमा परेका हुन्।

प्रकाशित: २३ आश्विन २०८२ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App