२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

कर्णाली प्रदेश प्रहरी अस्पतालमा सर्वसाधारण उपचार सेवा सुरु

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रहरी अस्पतालको सेवा विस्तारको उद्घाटन गर्दै । <br>

कर्णाली प्रदेश प्रहरी अस्पतालमा सर्वसाधारणहरुका लागि पनि उपचार सेवा सुरु गरिएको छ । विस्तारित सेवा अन्तर्गत सर्वसाधारणहरुका लागि पनि सेवा विस्तार गरिएको हो ।

कर्णाली प्रदेशका मुख्य मन्त्री यामलाल कँडेलले बुधवार अन्तरंग विभाग, फार्मेसी, माईनर अप्रेशन, आँखा रोग ओ.पि.डि., तथा सर्वसाधारण उपचार सेवाको उद्घाटन गरिएको हो । सेवा विस्तारसंगै प्रहरीसहित सर्वसाधारणले पनि अस्पतालबाट सेवा लिन सकिने जनाईएको छ ।  

निरन्तरको प्रयासपछि स्वास्थ्य उपचार केन्द्रबाट अस्पतालको रुपमा विकसित भई प्रभावकारी उपचार गर्न प्रयोगशाला ल्यावदेखि माईनर अप्रेशन, हाड जोर्नी तथा नशा रोग, जनरल ओपिडी लगायतका सेवाहरु दिईने अस्पताल प्रमुख डिएसपी डा. श्याम कृष्ण लौडारीले बताए । प्रहरीहरु, भुपु प्रहरी, अमर तथा असक्त प्रहरी परिवारलाई दिईदै आएको सेवा थप गरी सरकारी अस्पताल सरह शुल्क लिएर अव सर्वसाधारणहरुका लागि पनि उपचार गर्ने ब्यवस्था मिलाईएको प्रमुख लौडारीले बताए ।  

प्रहरी अस्पतालबाटै थुप्रै उपचारहरु हुने भएकाले धेरै सहज हुने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) माधव प्रसाद श्रेष्ठले बताए । २०७४ सालमा स्वास्थ्य उपचार केन्द्रका रुपमा स्थापना भएको प्रहरी अस्पताल २०७८ सालमा ५१ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी प्राप्त भई २०८२/२०८३ मा बजेट प्राप्त गरी विभिन्न सेवाहरु थपेर विरामीहरुको उपचार गर्न थालिएको हो ।

प्रकाशित: ३० पुस २०८२ १६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App