४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

जेन-जीको प्रदर्शन संघीय संसद् भवनभित्र छिर्‍यो, स्थिति नियन्त्रण गर्न प्रहरीद्वारा अश्रुग्यास प्रहार

जेन-जीहरूले नेतृत्व गरेको शान्तिपूर्ण प्रदर्शनले उग्र रूप लिएको छ। उनीहरू प्रहरीको घेरा तोड्दै संघीय संसद् भवनभित्र प्रवेश गरेका छन्।

उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन्। अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ।

काठमाडौं उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। जेन-जी पुस्ताको प्रदर्शनको चर्चाका बीच आइतबारदेखि आवश्यक सुरक्षा प्रबन्ध गरिएको र सोही अनुसार बिहानदेखि सुरक्षाकर्मी आवश्यकताका आधारमा परिचालन भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन-जी प्रदर्शनमा उत्रिएका छन्। निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद् भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो।

प्रकाशित: २३ भाद्र २०८२ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App