५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनः प्रहरीले तलब कट्टा गरी ज्यान गुमाउने सहकर्मीका परिवारलाई राहत दिने

जेन जी युवाहरूले गत सोमबार र मंगलबार काठमाडौंसहित देशैभर गरेको आन्दोलनका क्रममा मृत्यु हुने प्रहरीका परिवारले दश लाख रुपैयाँ राहत पाउने भएका छन् । 

प्रहरीहरूले आफ्नो मासिक पारिश्रमिकबाट कट्टा गरी ज्यान गुमाउने प्रहरीका परिवारलाई दश लाख रुपैयाँ राहत दिने भएका हुन् ।  

नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सोमबार एक सूचना जारी गर्दै राहत रकममा प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलबबाट कट्टा हुने रकम जम्मा हुने जानकारी दिए ।   

प्रकाशित: ३० भाद्र २०८२ १९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App