१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

जेन-जी आन्दोलन: आगजनी तथा तोडफोडमा संलग्न थप चार जना पक्राउ

जेनजी आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडमा संलग्न थप चार जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ।  

मध्यपुर थिमि नगरपलिका वडा नं. ५ राधेराधेमा रहेको यातायात व्यवस्था कार्यालय र मध्यपुर थिमि नगरपालिका वडा नं. २ सानोठिमीमा रहेको प्रहरी प्रभाग सानोठिमी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।  

पक्राउ पर्नेहरुमा चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बस्ने वर्ष ३३ को किरण दुवाल, कपिलबस्तु घर भई हाल भक्तपुर सानोठिमी बस्ने वर्ष २३ को सागर मगर, रामेछाप खाँडादेवी गा.पा.६ घर भई हाल भक्तपुर सानोठिमी मगरगाँउ बस्ने वर्ष १९ को हिमाल श्रेष्ठ र रौतहट दुर्गा भगवती गा.पा.१ घर भई हाल भक्तपुर सानोठिमी बस्ने वर्ष २४ को संजित कुमार ठाकुर रहेको जनाइएको छ। उनीहरुलाई प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।  

साथै जेनजी आन्दोलनकै क्रममा भागेका थप ५ जना कैदी बन्दी पक्राउ गरेको पनि परिसरले जनाएको छ। भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा बिभिन्न कारागारबाट फरार भएका थप ५ जना कैदी बन्दीहरु पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको परिसरले जनाएको हो।

प्रकाशित: २१ कार्तिक २०८२ १८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App