५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

जेन–जी आन्दोलन: मोरङमा एक सय ५५ वटा संरचनामा क्षति

जेन–जी युवा पुस्ताको आन्दोलनमा मोरङमा  १ सय ५५ वटा संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार जेन-जी प्रदर्शनका क्रममा मोरङका १ सय ५५ वटा सार्वजनिक तथा निजी संरचनामा क्षति पुगेको हो ।

क्षति पुगेका संरचनामा संघीय सरकार अन्तर्गतका २१ वटा कार्यालय, प्रदेश सरकारका १४, स्थानीय पालिका १० वटा कार्यालय रहेका छन् ।  यस्तै स्थानीय तह अन्तर्गतका ५८ वटा वडा कार्यालयमा पनि क्षति पुगेको छ । 

यस्तै १५ वटा निजी घर, एउटा संस्थान, ३ वटा व्यापारिक भवनमा क्षति पुगेको छ । यस्तै चार वटा संघ संस्थाका संरचना, ८ वटा राजनीतिक दलका पार्टी कार्यालय, १७ वटा नेपाल प्रहरीका संरचना र चार वटा सशस्त्र प्रहरीका पोष्टमा क्षति भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।  

प्रकाशित: ३१ भाद्र २०८२ १७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App