१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

जीबी राईका जेठान बम्जन पुनः पक्राउ

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन धरौटीमा छुटेको ६ दिनमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले शनिवार ललितपुरबाट पक्राउ गरेको हो । 

सिआइबीका एसएसपी होविन्द्र बोगटीले शनिवार पक्राउ गरी आइतबार काठमाडौं परिसरमा बुझाएको जानकारी दिए । बम्जनको काठमाडौं परिसर र कास्कीमा छुट्टा छुट्टै मुद्धा भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

गत आइतबार कास्की जिल्ला अदालतमा हाजिर भएका बमजनलाई जिल्ला अदालतका न्यायाधीश शंकरकुमार राईको इजलासले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी ललितपुर आएका थिए । बमजन सूर्यदर्शन सहकारी ठगीको मुख्य योजना एवं ग्यालेक्सी टेलिभिजन चलाउने कम्पनी गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु ९जिबी० राईका जेठान हुन् ।

बमजनले नै राईलाई उक्त सहकारीमा लगेर अध्यक्ष बनाएका थिए । बमजनको कम्पनी एवं सहकारीमा काम गर्न थालेपछि जिबी राईका उनका बहिनी भगवती बमजनसँग दोस्रो विवाह गरेका थिए । भगवती पनि अहिले सहकारी ठगी अभियोगमा फरार छिन् । अदातलमा उपस्थित भएर बमजनले सहकारी ठगीमा आफू संलग्न नभएको इन्कारी बयान दिएका थिए । जिल्ला अदालतमा उनी उपस्थित हुँदा सरकारी वकिल कार्यालयलाई जानकारी नदिइ उपस्थित भएको पाइएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा बमजन सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग छ । सहकारीबाट अपचन भएको कुल रकम १ अर्ब ५१ करोड रुपैयाको संयुक्त अभियोग पनि बमजनमाथि लागेको छ ।

प्रकाशित: १५ भाद्र २०८२ १७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App