१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

प्रादेशिक अस्पताल गौरः चिकित्सकको अश्लील क्रियाकलापको सूचना दिने कुरुवा नै कुटिए

प्रादेशिक अस्पताल गौरमा अश्लील हर्कत गर्ने डाक्टर र नर्सको बारेमा मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल व्यवस्थापन समिति र प्रहरीलाई सूचना दिनेमाथि निर्घात कुटपिट भएको छ ।  

अस्पतालका चिकित्सकलाई नै एक जना नर्ससँग आइसियुको अँध्यारो कक्षमा आपत्तिजनक अवस्थामा देखेका युवक सत्यम कुमार पाण्डे घटनाको विषयमा सम्बन्धित निकायमा जानकारी गराएकै निहुँमा निर्घात कुटिएका हुन् । चिकित्सकका सहयोगीहरुले उनलाई निर्घात कुटपिट गरेको पाण्डेको भनाइ ।  

गत साउन २४ गते राति आइसियुमा चार दिनदेखि उपचार गराइरहेका बुबा अशोक कुमार पाण्डेलाई खाना खुवाउन गएका समय आइसियु कक्षको ढोका नखुलेको भन्दै निकै बेर कुरेपछि ढोका ढक्ढकाउँदा अँध्यारो कोठाबाट आपत्तिजनक स्थितिमा चिकित्सक र नर्स निस्केको देखेको पाण्डेको भनाइ छ ।  

सोही समयमा चिकित्सकले कसैलाई बताए नराम्रो हुने धम्की दिएको बताउँदै पाण्डेले आफूले प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमी र जिल्ला प्रहरी कार्यालयमा फोन गरेर जानकारी गराउन गराएको बताए । अस्पतालमा डिउटीमा रहेका प्रहरी हवलदारलाई पनि जानकारी गराएको उनको भनाइ छ ।  

सोही विषयलाई लिएर चिकित्सकका मानिसहरुले “तिमीले डाक्टर साहेबको बारेमा धेरै कम्प्लेन गरेका रहेछौ” भन्दै साउन २६ मा निर्घात कुटपिट गरेको दाबी पाण्डेको छ । पाण्डेले सम्बन्धित निकायमा जानकारी गराउँदै उल्टै कुटाइ खानु परेको र अझै असुरक्षित अनुभव भइरहेको बताए ।  

घटनाको विषयमा प्रतिक्रिया लिन खोज्दा अस्पताल प्रशासनले केही पनि बोल्न चाहेन ।  

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपीले घटना भएको भनिएको दिन आफू बिदामा रहेकोले आफूलाई केही जानकारी नभएको बताएका छन् ।

प्रकाशित: १ भाद्र २०८२ १६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App