२६ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

त्रिपुरेश्वरमा पेट्रोल छर्किएर आगो लगाएका गणेश नेपालीको निधन

आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । 

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका वर्न प्लास्टिक सर्जन डाक्टर अपार लामिछानेले नागरिकलाई बताए।

अस्पतालको ‘बर्न आइसियु वार्ड’ मा भेन्टिलेटरमा उपचार भइरहेको उनको शुक्रबार बिहान ११ः३५ बजे मृत्यु भएको डाक्टर लामिछानेले बताए।

यसअघि अस्पतालले पत्रकार सम्मेलन गर्दै गणेशको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने बताएको थियो। उनको शरीरको ५५ प्रतिशत भाग जलेको थियो।

राहदानी विभाग अगाडी राेकेको बाइकमा गलत ठाउँमा पार्किङ गरेको भन्दै ट्राफिक प्रहरीले ह्विल लक गरिदिएपछि उनले आफैंलाई पेट्रोल छर्किएर बिहीबार आगो लगाएका थिए। तत्काल उद्दार गरी वीर अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो। 

प्रकाशित: २६ असार २०८३ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App