२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

पत्रकार बस्यालको अन्त्येष्टि

पत्रकार कृष्ण प्रसाद बस्याल(राकेश)को अन्त्येष्टि गरिएको छ । गुलरिया नगरपालिका–८ भादाघाट स्थित सोमबार दिउँसो पत्रकार बस्यालको अन्त्येष्टि गरिएको हो । उनको छोरा हरित बस्यालले दागबत्ति दिएका छन् । 

बस्यालको अन्त्येष्टिमा पत्रकार, समाजसेवी, जनप्रतिनिधि तथा विभिन्न पार्टीका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो । पत्रकार बस्यालको असामयिक निधन प्रति दुःख व्यक्त गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष निर्मल घिमिरेलगायतको उपस्थितिमा सबैले श्रद्धाञ्जी व्यक्त गरेका थिए ।

आइतबार साँझ खेतपाती हेरेर रजवाराबाट गुलरिया घर फर्किने क्रममा मधुवन नगरपालिका–८ लालसिंह चोकस्थित उनी सवार मोटरसाइकल दुर्घटना भएको थियो । प्रहरीका अनुसार साइकल यात्रीलाई बचाउने क्रममा मोटरसाइकल दुर्घटना भएको थियो । 

दुर्घटनामा परि टाउकोमा चोट लागेर बस्याल गम्भिर घाईते भएका थिए । नेपालगंज स्थित उपचारको क्रममा आइतबार राती नै बस्यालको मृत्यु भएको थियो । 

प्रकाशित: ३० असार २०८२ १९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App