१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

झिकाइयाे चार महिनामै ४० करोडको फलफूल

पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा ४० करोड ४४ लाख ४५ हजार रूपैयाँ बराबरको फलफूल आयात भएको छ। चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँप लगायतका फलफूल आयात भएको हो।

अघिल्लो आर्थिक २०८१/८२ को सोही अवधिमा उक्त नाका भएर २१ करोड ३५ लाख ५० हजार रूपैयाँको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले बताए।

गत आवको तुलनामा चालु आवमा १९ करोड ८९ लाख पाँच हजार बढीको फलफूल आयात भएको छ। नेपालले भारत, बङ्लादेश, थाइल्यान्ड, अस्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरिया लगायतका मुलुकबाट फलफूल आयात गर्ने गरेको छ। काँकरभिट्टा भएर नेपाल आयात हुने मुख्य १० वस्तुको तुलनात्मक विवरण अनुसार फलफूल पाँचौं स्थानमा छ।

चालु आव २०८२/८३ को कात्तिकमा लक्ष्यको तुलनामा राजस्व सङ्कलन हुन नसकेको सूचना अधिकारी हुमागाईंले बताए। उनका अनुसार कात्तिकमा भन्सारले राजस्व सङ्कलनको लक्ष्य एक अर्ब ६३ करोड, ९४ लाख ६१ हजार रूपैयाँ राखेको थियो तर सो अवधिमा एक अर्ब ३० करोड ८१ लाख ८९ हजार सङ्कलन भएको उनले बताए।  

प्रकाशित: ५ मंसिर २०८२ १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App