१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ।  

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ बस्ने ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङ रहेका छन् । उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट शुक्रबार सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

आर्थिक अवस्था कमजोर भएका बालिकालाई विभिन्न प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने गरेको सूचनाका आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो। उक्त स्थानबाट एक बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित: १६ श्रावण २०८३ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App