१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

ब्रेक फेल भएर धरानमा बस दुर्घटना, चार जनाको मृत्यु

सांकेतिक तस्बिर

धरानको जिरो पोवाइन्टमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।  

भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुबाहक बस आज अपरान्ह ५ बजेतिर धरानको जिरो पोइन्टमा दुर्घटना भएर नजिकै रहेको मेडिकल पसलमा ठोक्किन पुग्दा चार जनाको मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काका अनुसार मृतक कसैको पनि पहिचान हुन सकेको छैन । घाइते १७ जना भएकोमा एक जनाको मात्र नाम खुलेको छ । बस ब्रेक फेल भई अनियन्त्रित भएर स्कुटीलाई समेत ठक्कर दिएर मेडिकल पसलमा ठोकिन पुगेको प्रहरीले जनाएको छ ।  

 

प्रकाशित: ४ माघ २०८२ १७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App