२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

भाटभटेनी लुटपाटमा संलग्न चार जना पक्राउ

फाइल तस्बिर।

देशभर बढ्दो असुरक्षा र लुटपाटका घटनापछि नेपाली सेनासहितका सुरक्षा निकायले कारबाहीलाई तीव्र बनाएको छ।

यसै क्रममा सेनाले महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चार जनालाई पक्राउ गर्नुका साथै लुटिएका हतियार र ठूलो परिमाणमा नगद समेत बरामद गरेको छ।

नेपाली सेनाका अनुसार मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेको बीचमा महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको हो।

त्यसैगरी, काठमाडौंको डिल्लीबजार-नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न केही व्यक्तिहरूले सुरक्षा फौजलाई देख्नासाथ भागेका थिए। उनीहरूले छाडेको स्थानबाट नेपाली  २,३२,५०० र अमेरिकी डलर २,५०० बरामद गरिएको सेनाले जनाएको छ।

सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता ल्याउने क्रममा थप १ नाल हतियारसहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भइसकेको छ।

यसैबीच, कारागारको सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ। डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका कैदीबन्दीहरू मध्ये २६ जनालाई पुनः नियन्त्रणमा लिइएको छ।

यता काठमाडौंको डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीहरुको प्रयासलाई सुरक्षाकर्मीले असफल पारेको जानकारी दिइएको छ।

सेनाले देशमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: २५ भाद्र २०८२ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App