अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जेनजी आन्दोलनपछि स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी मिश्रविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। जेनजीको आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी मन्त्रालय जान थालेकी थिइन्।
स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदका क्रममा लागत अनुमान तयार गर्दादेखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको सर्त बमोजिमको सम्पूर्ण सामग्री प्राप्त नै नभएको अख्तियार ठहर छ।
प्रकाशित: २ कार्तिक २०८२ १३:४५ आइतबार





