पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। उनलाई आज (बिहीबार) बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको हो।
नियमित परीक्षणको लागि अस्पताल भर्ना भएका एक चिकित्सकले नागरिकन्यूजलाई जानकारी दिए। उनका अनुसार शाहको पेसमेकर (मुटुको धड्कनलाई नियन्त्रण गर्ने उपकरण) परिवर्तन गर्नेबारे चिकित्सकहरू परामर्शमा छन्।
शाह भोलि डिस्चार्ज हुने सम्भावना रहेकाे उनकाे भनाइ छ। उनलाई यसअघि पटक पटक हृदयघात भएको थियो।
प्रकाशित: १९ चैत्र २०८२ १२:३८ बिहीबार





