परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भारतको उत्तराखण्डमा आएको बाढीमा परेर ज्यान गुमाएका मृतकहरूका प्रति दु:ख व्यक्त गरेकी छन्।
'भारतको उत्तराखण्डमा भएको अविरल वर्षापछि आएको बाढी र पहिरोको घटनाले म दुखी भएको छु। पीडित र उनीहरूका परिवारजनप्रति मेरो समवेदना छ। उद्धार टोलीहरूलाई राहत कार्य सञ्चालन गर्न शक्ति र सफलता मिलोस् भन्ने कामना गर्दछु,' मन्त्री देउवाले फेसबूकमा लेखेकी छन्।
मङ्गलबार (आज) भारत उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढी आउँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी बेपत्ता छन्।
बाढीका कारण सडक, भवन डुबानमा परेका छन्। पर्यटकीय क्षेत्रका रूपमा परिचित होटल, रिसोर्ट र रेस्टुरेन्ट पनि डुबानमा परेका छन्।
प्रकाशित: २० श्रावण २०८२ २०:१९ मंगलबार





