५ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

८ देखि १२ असोजसम्म नेपालमा भारी वर्षा हुने पूर्वानुमान कायमै : मौसमविद् पोखरेल

मौसमविद् विनोद पोखरेलले आगामी ८ देखि १२ असोजसम्म नेपालमा भारी वर्षा हुने पूर्वानुमान कायमै रहेको बताएका छन्।

उनले विभिन्न मौसम पूर्वानुमान मोडेलले वर्षाको मात्रा र प्रभावित क्षेत्रबारे फरक–फरक संकेत गरे पनि सबै मोडेलले भारी वर्षाको सम्भावना देखाएको बताएका हुन्।

पोखरेलले केही मोडेलले ४०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने देखाएको उल्लेख गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक पूर्वतयारी गर्न आग्रह समेत गरेका छन्।

उनले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट जोगिन सबैलाई सजग र सतर्क रहन आग्रह गरे।

'८–१२ असोजसम्म नेपालमा भारी वर्षा हुने पूर्वानुमान कायमै छ। विभिन्न मोडेलले वर्षाको मात्रा (४०० मिलिमिटर भन्दा धेरै) र प्रभावित क्षेत्र केही फरक देखाए पनि सबैले भारी वर्षाको सम्भावना देखाएका छन्,' उनले सामाजिक सञ्जालमार्फत भने, 'त्यसैले आवश्यक पूर्वतयारी गर्दै सजग र सतर्क रहनुहोला।'

प्रकाशित: ५ आश्विन २०८३ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App