१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

कर्णाली नदीमा खस्यो फोर्स गाडी

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको छ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतरा क्षेत्रमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान ११ः३० बजे दुर्घटनामा परी कर्णाली नदीमा खसेको हो।

दुर्घटनाबारे टेलिफोनमार्फत सूचना प्राप्त हुनासाथ उद्धार सामग्रीसहित प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

प्रारम्भिक जानकारीअनुसार गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ।

उद्धारका क्रममा हालसम्म नाम, थर र वतन खुल्न नसकेका एक जना पुरुषलाई फेला पारिएको छ। उनलाई उद्धार गरी सडकतर्फ ल्याउने कार्य भइरहेको छ।

घटनास्थलमा उद्धार सामग्रीसहित प्रहरी र स्थानीय  परिचालन भई तीव्र रूपमा उद्धार कार्य सञ्चालन भइरहेको छ। 

दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्दछ।

दुर्घटनाको कारण, गाडीमा सवार यात्रुको संख्या तथा मानवीय क्षतिको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख श्रवणकुमार बिकले बताए।

प्रकाशित: १८ असार २०८३ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App