रुकुमपश्चिमबाट दाङ गइरहेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने २५ वर्षीय प्रकाश केसी, ६४ वर्षीया पवि केसी, २७ वर्षीय शशीधर केसी रहेका छन्।
दुर्घटनामा बाफीकोट गाउँपालिका ५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीय बिना केसी घाइते छन्। उनीहरूको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ।
घाइते दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात थप उपचारका लागि आज बिहान ६ बजेतिर बाँकेको नेपालगञ्ज रिफर गरिएको एसपी रामप्रसाद घर्ति मगरले जानकारी दिएका छन्।
गाडीमा तीन पुरुष, दुई महिला गरी जम्मा पाँच जना सवार थिए।
आइतबार बिहान रुकुमपश्चिमबाट दाङतर्फ गइरहेको फोर्स गाडी राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा गाडी दुर्घटना भएको थियो।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेर थियो।
प्रकाशित: १२ आश्विन २०८२ ०८:४६ आइतबार





