५ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

पहिलो पटक पालिकामा महालेखाको टाेली

कालीकोटको महावै गाउँपालिकामा पहिलोपटक महालेखा परीक्षणको टोली अन्तिम लेखा परीक्षणकालागि पुगेको छ। यसअघि मलेप आएको बेला सदरमुकाममा गर्ने गरिएको भए पनि यस वर्षबाट पहिलो पटक गाउँपालिका केन्द्रमा टोली पुगेको हो।

महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले पहिलोपटक महालेखा परीक्षणको टोलीलाई अन्तिम लेखा परीक्षणका लागि गाउँपालिका केन्द्र पादमघाटमा बोलाएर अन्तिम लेखा परीक्षण सुरु गरेको  बताए।

उनले आवश्यक कागजात बोक्ने झण्झटतर्फ लाग्नुभन्दा गाउँपालिकामै टोली बोलाएर लेखा परीक्षण सुरु गरेको बताए। पहिलो पटक पालिका स्तरमै परिचयात्मक बैठक गरी टोलीले आवश्यक कागजातहरू जुटाउन र बेरुजु आउन नदिने वा आएका बेरुजुहरूलाई तत्कालै फर्स्योट गर्नेतर्फ लागेको उनको भनाइ छ।

उक्त गाउँपालिकाले यसअघिका पाँच वर्षसम्म लगातार स्रेस्ता बोकेर सदरमुकाम मान्मा मलेप गर्ने गरेको थियो। यो वर्षदेखि पलाँता गाउँपालिकामा पनि पहिलोपटक पालिकामा पुगेर महालेखा परीक्षणको टोलीले अन्तिम लेखा परीक्षण गरेको छ।  

हालै भदौ महिनादेखि आर्थिक वर्ष २०८२/०८३ को अन्तिम लेखापरीक्षणका लागि मलेपको टोली पहिलो पटक विभिन्न पालिकाहरू छन्।

प्रकाशित: ५ आश्विन २०८३ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App