४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

स्वास्थ्यकार खानाबारे ज्ञान दिन ‘फुड फेस्टिभल’

आजभोलिका धेरैजसो बालबालिकालाई घरमा पाक्ने तथा पकाइने खाना–खाजाको परिकार स्वादिला लाग्दैनन्। अधिकतरले अस्वस्थ्यकार खानाप्रति रुची राख्ने गरेका छन्।  

विद्यार्थीलाई स्वस्थ्यकर खानाका परिकार चिनाउन, पकाउने सिप किाउन र व्यवहारिक ज्ञानसँग जोड्नका लागि इटहरी वडा नं.२ स्थित ब्राइट फ्यूचर बोडिङ् स्कुलले बुधबार एक दिने फुड फेस्टिभल सञ्चालन गर्यो। जसमा विद्यार्थीले सामग्री जुटाएर विभिन्न खाने परिकार बनाएर आफ्ना अभिभावक, शिक्षकशिक्षिका, सहपाठी साथीहरु र आगन्तुक पाहुनालाई खुवाए।  

उनीहरुले बनाएका परिकार सस्तो मूल्यमा विक्री गरेर स्वाद चखाएका हुन्। विद्यार्थीहरुले घरमा बन्ने/बनाइने परम्परागत अनि त्यसमा पनि स्वस्थकार परिकार बनाएका थिए। उनीहरुले सेलरोटी, चटपटे, कोदोको रोटी, गाजारको हलुवालगायतका आइटम बनाएर स्वाद चखाएका हुन्।  

स्कूल बालबालिकाको पोषण र खानपिन चिन्ता सवै अभिभावकले लिने गरेपछि विद्यालयमा नियमित स्वस्थयकार खाना खुवाउने बानी बसाल्नका लागि फुड फेस्टिभल आयोजना गरिएको ब्राइट फ्यूचर बोडिङ् स्कुलका सञ्चालक भरत बरालले बताए। ‘खानेकुरा वास्तवमा हाम्रो जीवन पद्धति सुहाउँदो हुनुपर्छ,’ उनले भने, ‘अर्कातिर विश्वव्यापीकरणसँगै अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउँन पनि ज्ञान प्रदान होस् भनेर फुड फेस्टिभल गरियौं।’ 

खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा माथिल्लो कक्षाका विद्यार्थीले तल्लो कक्षाका विद्यार्थीलाई त्सयबारे समेत ज्ञान प्रदान गरेका थिए। सो क्रममा विद्यार्थीले सिकेका सैद्धान्तिक ज्ञानको प्रयोगात्मक अभ्यासका अन्य शैक्षिक प्रदर्शनी समेत गरेका थिए। यसमा कक्षा ५ देखि १० सम्मका विद्यार्थी सहभागी भएका शिक्षक पुष्प ढकालले बताए।

प्रकाशित: २७ फाल्गुन २०८२ १८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App