१ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

आगामी तीन दिन कोशी र नारायणीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान

आगामी तीन दिन कोशी र नारायणी नदी तथा यसका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने देखिएको छ।

बुधबार (आज) बिहान बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचना अनुसार सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र सुनकोशीलगायत कोशीका सहायक नदीमा पनि तीन दिनसम्म बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङदी, सेती र कालीगण्डकीमा पनि बहाव उल्लेख्य बढ्ने बताइएको छ।

महाकाली नदीमा पनि तीन दिनसम्म बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ। कर्णाली, भेरी, पश्चिम सेती, कन्काई, कमला, पश्चिम राप्ती र बबईमा भने बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ।

आज ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ र बाजुरालगायत जिल्लाका स-साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताइएको छ।

बिहीबार सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशका केही स-साना नदीमा बहाव आकस्मिक बढ्न सक्ने तथा शुक्रबार कोशी र मधेश प्रदेशका केही नदीमा बहाव आकस्मिक बढ्न सक्ने महाशाखाले जनाएको छ।

May be an image of text
May be a graphic of map and text
May be an image of text

प्रकाशित: ३१ भाद्र २०८३ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App