नेपाल फ्लोरिकल्चर एशोसिएसन(फ्यान)को आयोजनामा आउँदो असोज २९ बुधबारदेखि पाँचदिनसम्म गोदावरी फूल प्रतियोगिता प्रदर्शनी हुँदैछ । ललितपुरको जाउलाखेल खेलमैदानमा हुने प्रतियोगिता विगतकै निरन्तरता हो ।
विगत २०५१ सालदेखि हुँदै आएको यो प्रदर्शनी आएको पुष्प मेला प्रदर्शनी गर्दै आएकोमा नजिकै आएको पर्व तिहार तथा छठलाई लक्षित गरी गोदावरी फूलको १८ औ संस्करण प्रतियोगिता हुन लागेको फ्यानले जनाएको छ । आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
गोदावरी फूलको प्रवर्धन तथा विकास गर्न प्रतियोगिता हुँदै आएको र निरन्तरता दिएको फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताए । ‘रोपेर फूल गोदावरी सजाऔँ घर वरीपरी’ भन्ने नाराका साथ प्रदर्शनी हुने आयोजकले बताएका छन् । मेलामा ७८ वटा व्यावसायिक स्टल, प्रतियोगिता स्टल, चार वटा अफिसियल स्टल, फोटो पारखीलाई चार सेल्फी स्टल, तीन वटा खानाको स्टल र ९० प्रदर्शनी कक्ष रहनेछन ।
गोदावरी फूलको पाँच वटा प्रजाति प्रतियोगितामा सहभागी गराइनेछ । जसमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरी कट फ्लावर छन । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र विद्यागत नर्सरी फर्मलाई पुरस्कृत गरिनेछ । प्रदर्शनीमा यो वर्ष भित्रिएका नयाँ प्रजातिका गोदावरी फूल समेत राखिनेछ ।
प्रकाशित: २६ आश्विन २०८२ १७:०८ आइतबार





