१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

आज काठमाडौंसहित ३३ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

बाढी पूर्वानुमान महाशाखाले आज ३३ जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, गुल्मी, बर्दिया, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कन्चनपुर तथा आसपासका जिल्लाबाट बहने साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। त्यस्तै, नुवाकोट र रसुवाबाट बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको उच्च सम्भावना रहेको बताइएको छ।

महाशाखाले नदी तथा खोलाको आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: १४ भाद्र २०८३ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App