४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

त्रिभुवन विमानस्थलको दक्षिणतर्फबाट उडान र अवतरण रोकियो

जेन-जीको आन्दोलनको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण पनि प्रभावित भएको छ।

आन्दोलनकारीले विमानस्थल नजिकैको तीनकुने, कोटेश्वरतर्फ टायर बालेर उडेको धुँवाको कारण भिजिविलिटि नपुग्ने भए पछि विमानस्थलको दक्षिणतर्फबाट उडान र अवतरण रोकिएको छ।  

दक्षिणतर्फ (कोटेश्वर)को उडान र अवतरण रोकेर उत्तरतर्फ (गुहेश्वरी)बाट उडान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। ‘अहिले उत्तरतर्फबाट जहाज उडान र अवतरण गराइरहेका छौं,’ भुलले नागरिकसँग भने।

प्रकाशित: २४ भाद्र २०८२ १३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App