सप्तरीको कञ्चनरूप नगरपालिका–९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम लोकमार्गमा ट्रिपरले ट्याक्टरलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन्।
बिहीबार बिहान रुपनगरबाट कञ्चनपुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०१–००१ त २७६० नम्बरको ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ६००९ नम्बरको टिपरले ठक्कर दिँदा ट्याक्टर चालकसहित पाँच जना घाइते भएका हुन्।
घाइते हुनेमा ट्याक्टर चालक कञ्चनरूप नगरपालिका–११ का ३० वर्षीय श्यामकुमार सदा, सोही स्थानका १८ वर्षीय धीरजकुमार सदा, ६० वर्षीय महमद रहमान, ५५ वर्षीया नाजो खातुन र ३२ वर्षीया सवनम खातुन रहेका छन्।
घाइतेमध्ये महमद रहमान, नाजो खातुन, श्याम कुमार सदा र सवनम खातुनलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको छ। धीरजकुमार सदाको भने धर्मेश्वर अस्पतालमै उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न ट्याक्टर, टिपर तथा टिपर चालक उदयपुर चौदण्डीगढी नगरपालिका–४ का अन्दाजी २८ वर्षीय प्रदीप विश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: १८ असार २०८३ १२:०२ बिहीबार



-600x400.jpg)

