२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

बाइकबाट एक्कासि निस्किएको आगोले ४ घर खरानी

घर नजिकै रोकी राखेको मोटरसाइकलबाट अचानक सुरु भएको आगोले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा तेम्बामा ४ घर जलेर नष्ट भएको छ। 

स्थानीय गजेन्द्र थलङका अनुसार ती ४ घरमा ५ परिवार बस्दै आएका थिए। थलङका अनुसार राजकुमार साँवा, इन्द्र साँवा, विष्णु साँवा र अनिल साँवाको घर जलेर नष्ट भएको छ। दोर्ची र पासाङफुटी शेर्पा समेत त्यही बस्दै आएका थिए।

४ वटै घरमा होटल व्यवसाय र पसल समेत रहेको हुनाले ठूलो मूल्य बराबर धनको क्षति भएको थलङले बताए। तेम्बामा झुरुप्प परेको बस्ती थियो।

प्रकाशित: ३ मंसिर २०८२ ०६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App