४ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

जनकपुरमा आगलागी, एक जनाको मृ*त्यु

जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका –२ का  ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो। घरायसी सामानसहित रु तीन लाख बराबरको क्षति भएको छ।

आगालागी गएराति भएको हो। विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।

स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो। रासस

प्रकाशित: ४ आश्विन २०८३ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App