४ आश्विन २०८३ आइतबार
image/svg+xml
अपराध

२० क्विन्टल गाँजासहित दुई जना पक्राउ

सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट प्रहरीले करिब २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले स्थानीय भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको हो।

प्रहरीका अनुसार भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका गाँजाजस्तो देखिने पदार्थ बरामद भएको हो। बरामद पदार्थको तौल करिब २ हजार किलोग्राम अर्थात् २० क्विन्टल रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ। बरामद पदार्थ गाँजा नै हो वा होइन भन्ने विषयमा परीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: ४ आश्विन २०८३ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App