४ आश्विन २०८३ आइतबार
image/svg+xml
अर्थ

भोटेकोशी बाढी : ११ जलविद्युत् आयोजना क्षतिग्रस्त, ८३७ जना अझै सम्पर्कविहीन

भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीबाट ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। तीमध्ये ८ वटा आयोजना सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन छन्। प्रभावित आयोजनाको कुल क्षमता ६६९ मेगावाट रहेको छ।

बाढीबाट ११ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन् भने ती आयोजनासँग सम्बन्धित ८३७ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। प्रभावित आयोजनामध्ये २८१ मेगावाट क्षमताका ८ वटा सञ्चालनमा रहेका र ३८८ मेगावाट क्षमताका ४ वटा निर्माणाधीन आयोजना छन्।

रसुवामा बाढीबाट पूर्ण रूपमा प्रभावित आयोजनामध्ये माथिल्लो त्रिशूली–१ सबैभन्दा ठूलो आयोजना हो। २१६ मेगावाट क्षमताको निर्माणाधीन उक्त आयोजनामा ४७१ जना सम्पर्कविहीन भएका थिए। हालसम्म ९३६ जना सकुशल तथा उद्धार भएको विवरणमा उल्लेख छ। तीमध्ये ११ जनाको शव फेला परेको थियो।

त्यस्तै १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन भएका थिए भने ७ जना सकुशल तथा उद्धार भएका छन्। १२० मेगावाटको निर्माणाधीन रसुवा–भोटेकोशी आयोजनामा ३ जना सम्पर्कविहीन र ५ जना सकुशल तथा उद्धार भएको विवरणमा छ।

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा ३९ जना सम्पर्कविहीन भएका छन् भने १९ जनाको सकुशल उद्धार गरिएको छ।

यस्तै, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा ७१ जना जनशक्ति रहेको विवरणमा उल्लेख छ। यो आयोजनाको साइट कार्यालयमा १ जना सम्पर्कविहीन रहेको जनाइएको छ।

५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा उक्त समयमा कति जना कार्यरत थिए भन्ने यकिन नभएको बताइएको छ। यो आयोजनामा ७ जना सम्पर्कविहीन भएका छन्।

रसुवाका प्रभावित ४९४ आयोजनामा ६१४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

थप विवरण यस्तो छ:

प्रकाशित: ४ आश्विन २०८३ ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App