५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

४४ यात्रु लिएर काठमाडौंबाट जाँदै गरेको बसमा आगलागी

सबै यात्रु सकुशल

काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना.७.ख ६०४८ नम्बरको बसमा आगलागी भएको छ।

तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ टिटिहिरियामा बिहान करिब ४ बजे तिर आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको हो।

गुडिरहेको अवस्थामा अचानक आगो लागेको बस सडक छेउमा रोकिएको थियो। बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको थियो। स्थानीयवासी, प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ।

घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। बसमा सवार सबै ४४ जना यात्रु सकुशल छन्। आगलागीले यात्रुहरूको बसमा रहेको केही सामग्री समेत जलेर नष्ट भएको छ।

आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए।

प्रकाशित: २९ माघ २०८२ ०९:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App