काठमाडौं महानगरपालिका-१२ टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ।
दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा केहीबेर अघि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गोदाममा प्लास्टिकजन्य वस्तु रहेका कारण आगो तीव्र गतिमा फैलिएको थियो। आगलागीको कारण र त्यसबाट भएको भौतिक क्षतिको यकिन विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ५ आश्विन २०८३ १९:३३ सोमबार





-600x400.jpg)