२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

कृषि कर्जा ब्याज अनुदानमा किसानको सहभागिता शून्यप्रायः

प्रक्रियागत झन्झटका कारण कोशी प्रदेश सरकारले सञ्चालन गरेको कृषि कर्जा ब्याज अनुदान कार्यक्रमप्रति किसानको आकर्षण नभएको पाइएको छ।

प्रदेश सरकारले अनुदानको विकल्पमा ब्याज अनुदान कार्यक्रम सञ्चालन गरेको भए पनि यसमा सहभागी किसानको सङ्ख्या शून्यप्रायः छ।

गत आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रम मार्फत हालसम्म एकजना किसानले मात्र ब्याज अनुदानमा ऋण लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। ऋणका लागि सात किसानले आवेदन गरेका थिए।

केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार किसानका व्यावसायिक योजना र धितोका आधारमा दश लाखदेखि तीन करोड रूपैयाँसम्म ब्याज अनुदान प्रदान गर्ने व्यवस्था छ। कृषि कर्जामा ब्याज अनुदानका लागि भोजपुरमा सात बैंकका नौ शाखा सूचीकृत भएका छन्।

यसैबीच बैंकको लामो र झन्झटिलो प्रक्रियाको कारण ऋण लिन समस्या रहेको स्थानीय किसान नरबहादुर बस्नेतले बताए। धितो मूल्याङ्कनमा समस्या हुँदा यो कार्यक्रममा किसान सहभागी नभएका उनले बताए। 

प्रकाशित: २५ भाद्र २०८२ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App