१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

हेटौंडामा जुवा खालबाट ६ लाखसहित ११ जना पक्राउ

मकवानपुर प्रहरीले हेटौंडाको एक खाजाघरमा सञ्चालित जुवाको खालमा छापा मारी ६ लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ।

शनिबार साँझ हेटौंडा उपमहानगरपालिका-१०, बसपार्कस्थित गुम्बा नजिकैको एक दर्ता नभएको खाजाघरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त खाजाघरमा छापा मारेको थियो।

छापा मार्ने क्रममा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई रंगेहात पक्राउ गरिएको हो। उनीहरूको साथबाट प्रहरीले नगद छ लाख छ हजार तीन सय दश र ११ बुक तास बरामद गरेको छ।

पक्राउ पर्नेमा खाजाघर सञ्चालक हेटौंडा-१० कर्राका ३५ वर्षीय हिरालाल मोक्तान र उनकी ३५ वर्षीया श्रीमती वसन्ती ब्लोनसहित ११ जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट करिब ५०० मिटर पूर्वमा रहेको उक्त स्थानमा खुलेआम जुवा चलिरहेको थियो। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०८२ २१:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App