२५ असार २०८३ बिहीबार
image/svg+xml
समाज

करेन्ट लागेर विद्युत् कर्मचारीको निधन

बुधबार बिहान विद्युत्को झट्का (करेन्ट) लागेर उदयपुरमा विद्युत्कै एक कर्मचारीको निधन भएको छ।

जिल्लाको बेलका नगरपालिका ९ का ४० वर्षीय मिलन राईको करेन्ट लागेर निधन भएको हो।

बिहान १०ः३० बजेको समयमा बेलका नगरमुकाम रामपुरस्थित अस्पताल छेउको विद्युत् पोल चढेर लाइन मर्मत गर्ने क्रममा करेन्ट लाग्दा राई बेहोस भएका थिए। तत्काल उद्धार गरी उपचारार्थ विराटनगर पठाइएकोमा चिकित्सकले उनलाई दिउँसो १ः०० मृत घोषित गरेको प्रहरीले जनाएको छ।

स्थानीय ग्रामीण कृषि विद्युतीय रामपुरका अध्यक्ष रमण भट्टराईका अनुसार राई बेलका नगरमा विद्युतीकरणको सुरुवाती चरणदेखि  कार्यरत थिए। हाल उनी नेपाल विद्युत् प्राधिकरण गाईघाटअन्तर्गत शाखा बेलटार, उपशाखा रामपुरमा समायोजन भई कार्यरत रहेको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी गणेश बमले घट्नाबारे अनुसन्धान भइरहेको बताए।

प्रकाशित: २४ असार २०८३ १५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App