१ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले मृतक मतदाताको विवरण अद्यावधिक गराउन आग्रह गरेको छ।

सोमबार विज्ञप्ति जारी गर्दै आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन मृतक मतदाताको विवरण समयमै अद्यावधिक गराउन अनुरोध गरेको हो।

आयोगले मतदाताको मृत्यु भएको अवस्थामा निजको एकाघर परिवारका सदस्य वा अन्य सम्बन्धित व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र जानकारी गराउन भनेको छ।

यसबाट मतदाता नामावली अद्यावधिक गर्न सहज हुने र अभिलेखलाई यथार्थपरक बनाउन सहयोग पुग्ने बताउँदै यसले निर्वाचनको स्वच्छता, निष्पक्षता तथा विश्वसनीयता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेको छ।

प्रकाशित: १ भाद्र २०८३ १८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App