जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ।
जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो। सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका हुन्।
उनी जिल्लाका अग्रणी किसान थिए। रासस
प्रकाशित: १७ वैशाख २०८३ ०८:५५ बिहीबार





